News

फिडर बिग्रिदा काठमाडौँका केही स्थानमा अन्धकार, घिसिङ टाेलीसहित मर्मतस्थलमा

फिडर बिग्रिदा काठमाडौँका केही स्थानमा अन्धकार, घिसिङ टाेलीसहित मर्मतस्थलमा
कात्तिक – २६ । काठमाडौँका कतिपय स्थानमा विद्युत छैन् । फिडर बिग्रिदा काठमाडौँ उपत्यकाका केही ठाउँ अन्धकार बनेका हुन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो लोडसेडिङ नभएर विद्युत आपुर्ती गर्ने फिडर विग्रिदा यस्तो समस्या आएको हो । बानेश्वर क्षेत्रमा शुक्रबार दिउँसाे ३ बजेदेखि ट्रान्समिटर केवल अप्रत्याशित रुपमा जली उपत्यकाबाट ३६ मेगावाट अाउट अफ ग्राइड भएकाे छ । कार्यकारी निर्देशक घिसिङसहितकाे टाेली बेलुकी अाठ बजेसम्म मर्मतस्थलमा रहेर मर्मत कार्य गरेकाे विद्युत प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । 'यो लोडसेडिङ होइन,' उनले नेपालआजसँग भने 'बानेश्वर आसपासका क्षेत्रमा फिडर मर्मत कार्य भइरहेको छ, विद्युत आउँछ ।' फिडर मर्मतसम्भार सकिन साथ विद्युत आपुर्ती हुने उनले बताए । उनले कुनै समस्या भए विद्युत प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरेका छन् । उपत्यकालाई लोडसेडिङ मुक्त गर्न नदिन ठुलै चलखेल पो भइरहेको छ कि ? भन्ने पनि लाग्न थालेकाे स्थानीय बताउँछन् ।

Kulman Ghising nepal bidhut pradhikarn

विशेष