८ वर्ष लगाएर बनाएको विश्वकै ठूलो थाङ्का प्रदर्शनीमा

कात्तिक–२६ । काठमाडौँको दशरथ रंगशालामा बिहीबार विश्वकै ठूलो आकारको थाङ्का प्रदर्शनीमा राखिएको छ । नेपाल–जापान मैत्रिपूर्ण सम्बन्धको ६० औं वर्षगाँठका अवसरमा रंगशालामा उक्त थाङ्का प्रदर्शनी शुरू भएको हो ।
७० मिटर लामो तथा ५० मिटर चौडा उक्त थाङ्का ८ वर्ष लगाएर १६ देशका १० हजार स्वयंसेवकले तयार पारेको जनाइएको छ । ८१ ओटा ससाना टुक्रे थाङ्का जोडेर तयार पारिएको उक्त थाङ्कामा भगवान गौतम बुद्धको जन्मदेखि मृत्युसम्मको कथा उतारिएको छ ।
शनिबारसम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महतले गरेका हुन् ।
Japan
nepal
thanka