अमेरिकामा गैरकानुनी ढंगले बसिरहेका ५० हजार नेपालीलाई ट्रम्प सरकारले फिर्ता पठाउने सम्भावना
कात्तिक २७ । आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोबास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन् ।
आफु राष्ट्रपति निर्वाचित भएमा शुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए । जसमा अमेरिकामा रहेका गैरकानुनी आप्रवासीलाई सम्बन्धित देश फिर्ता पठाउने पनि प्राथमिकतामा थियो । यसो भएमा अनुमानित ५० हजारभन्दा बढी नेपाली मर्कामा पर्ने अमेरिकामा कार्यरत संघसंस्थाका विज्ञले बताएका छन् ।
आप्रवासी कानुनका ज्ञाता अभिवक्ता डिल्लीराज भट्टका अनुसार ट्रम्पको चुनावी एजेन्डा कार्यान्वयन भएमा बोर्डर क्रस गरेर अमेरिका छिर्ने र गैरकानुनी रुपमा बसोबास गर्नेहरु बढी नै असुरक्षित हुने देखिन्छ । –नागरिक दैनिकबाट