मिसेल ओबामा अब अमेरिकाको प्रथम महिला राष्ट्रपति बन्ने
एजेन्सी– आकस्मिक रुपमा डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टलाई रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले हराएपछि अमेरिकामा अहिले ट्रम्पविरुद्ध चर्को नारा लाग्नुसँगै यता सामाजिक सञ्जालमा भने राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाको चर्चा चुलिन थालेको छ । चर्चा यसकारण चुलिएको छ कि, अमेरिकी मूलका अधिकांस नागरिकले सन् २०२० को राष्ट्रपतिको रुपमा मिसेल ओबामालाई देखिनुपर्ने माग गरेका छन् ।
ट्रम्प राष्ट्रपति भएसँगै युवाहरुको ध्यान प्रथम महिला मिसेलतर्फ तानिएको छ । पछिल्लो समयमा राजनीतिक क्षेत्रमा मिसेल अत्याधिक चर्चामा आइरेहकी छिन् । उनका समर्थकले सामाजिक सञ्जालभरि सन् २०२० को राष्ट्रपति हुनुपर्ने बताएका छन् ।
एक प्रशंशकले मिसेल २०२०को राष्ट्रपति भएदेखि आफू विद्यालयमा एकदम राम्रो पढ्ने भनेर समेत ट्वीट गरेका छन् । चार वर्षपछि मिसेललाई राष्ट्रपतिको रुपमा देख्न पाउनुपर्ने टिप्पणी सामाजिक सञ्जाल ट्वीटरमा व्यापक रुपमा छाएको छ ।
प्रथम महिला मिसेलले डेमोक्रेटिक कन्भेन्सनको अवसरमा दिएको भाषणले उनलाई राष्ट्रपतिको रुपमा हेर्न चाहनेहरुको इच्छा बढेको हो । अहिले ट्वीटरमा ह्यासट्याग मिसेल २०२० भनेर ट्वीट गर्नेहरुको संख्या बढ्दो छ ।
मिसेल एक सफल वकिल हुन् । अमेरिकाको हार्वड र प्रिन्सटन युनिभर्सीटिबाट उनले डिग्री हासिल गरेकी हुन् । उनी निकै उदार भावना भएकी महिला मानिन्छिन् । पछिल्लो समय उनी महिला अधिकारको अभियानमा सक्रिय रुपले लाग्दै आएकी छिन् ।