News

प्रधानमन्त्री प्रचण्ड भारतीय सेनाका सेनापति सिंहबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड भारतीय सेनाका सेनापति सिंहबीच भेटवार्ता
prachadna कात्तिक २७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले शनिबार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनःर्निर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेकोे पनि बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा तीनदिने नेपाल भ्रमणमा शुक्रबार आउनुभएका सुहागले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । भारतीय सेनाबाट सेवानिवृत्त नेपालीको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागिएको उनले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।

pm pushpa kamal dahal prachanda

विशेष