विदेश

साउदी अधिराजकुमार टुर्कीको निधन

साउदी अधिराजकुमार टुर्कीको निधन
कात्तिक - २७ । साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको एसपिए न्यूज एजेन्सीले बताएकोे छ । अधिराजकुमार टुर्की साउदी अधिराज्यका संस्थापक पिता किङग अब्दुल अजिजविन साउद र माता हासावन अहमद सुदैरीका कोखबाट सन् १९३४ मा जन्मेका थिए। टुर्कीले सन् १९६८ देखि सन् १९७८ मा साउदीको उप–रक्षामन्त्रीका रुपमा समेत काम गरेका थिए। उनकाे शनिबारै अन्त्येष्टि गरिएको दरबारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साउदी राजा सलमानले अधिराजकुमारको मृत्युपछि शनिबार बेलुकादेखि तीनदिनसम्म समवेदना सन्देश ग्रहण गर्नुहुने राजदरबार स्रोतले जनाएको छ ।

Death of saudi king Saudi raja

विशेष