News

लोकमान प्रकरणमा आलटाल हुँदैनः सभामुख घर्ती

लोकमान प्रकरणमा आलटाल हुँदैनः सभामुख घर्ती
कात्तिक - २७ । सभामुख ओनसरी घर्तीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोग प्रस्तावमा संसद्ले आलटाल नगर्ने बताएकी छन् ।महाभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यो निरन्तर अघि बढ्ने भएको र कसैले शङ्का गर्न नहुने बताइन् । प्रेस सेन्टर रुपन्देहीले बुटवलमा शनिबार गरेको पत्रकार सम्मेलनमा उनले कुनै कारणले महाअभियोग प्रस्ताव नरोकिने दाबी गरिन् । प्रक्रियागत रुपमा त्यो प्रस्ताव पार लाग्ने उनकाे भनाइ छ । “सबै प्रक्रिया पूरा गरी निर्णयार्थ पेस हुनेछ”–उनले भनिन्, “संसद्मा छलफल चलिरहेको छ, यो प्रक्रियामा अब आलटाल हुँदैन ।” सभामुख घर्तीले राजनीतिक दल एक भएर संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताइन् । संविधान कार्यान्वयन गर्ने समयमा दलभित्र धु्रवीकरण हुनु गलत भएको भन्दै छलफल गरेर असहमति हटाउँदै एक हुन उनले आग्रह गरिन् । उनले देश र जनताको आर्थिक विकासका लागि दलहरुले मिलेर अघि बढ्नुको विकल्प नभएको बताइन्। सभामुख घर्तीले दलहरु प्रतिस्पर्धामा उत्रिनु लोकतान्त्रिक पद्धति भए पनि अहिले त्यो समय नभएको बताइन् ।

Butawal onsari gharti magar

विशेष