News

लोडसेडिङ अन्त्य हुँदा पनि संसदभवनसहित केही ठाऊमा घण्टौँ बत्ति जाने, कारण यस्तो छ

लोडसेडिङ अन्त्य हुँदा पनि संसदभवनसहित केही ठाऊमा घण्टौँ बत्ति जाने, कारण यस्तो छ
loadshedding नेपाल विद्युत प्राधिकरणले राजधानीका प्रमुख १२ क्षेत्रमा आइतबार र सोमबार दुई दिन दिनभर बत्ती काट्ने भएको छ । प्राधिकरणले नयाँ बानेश्वर क्षेत्रको शवस्टेशनको सर्किट ब्रेकर बदल्न दुई दिनमा २६ घण्टा बत्ती काट्न लागेको हो । नेपाल विद्युत प्राधिकरण प्रशासन शाखाका अनुसार आइतबार र सोमबार बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म बत्ति काटिने छ । प्राधिकरण प्रशासन महाशाखा मिनभवनका प्रमुख यादवराज घलेका अनुसार पुरानो सर्किट ब्रेकर बदलेर नयाँ राख्नका निम्ति आइतबार र सोमबार दिनभर बत्ति काटिने छ । ‘विद्युतीय उपकरण बदल्ने प्रक्रियामा खतरा पनि हुन सक्ने भएकाले लामो समय बत्ती जाने छ,’ प्रशासन महाशाखा प्रमुख घलेले भने, ‘चाँडै काम सम्पन्न भएमा तोकिएको समयभन्दा छिटै बत्ती दिइने छ ।’ काठमाडौं ग्रीड महाशाखा मिनभवनका अनुसार बानेश्वर शवस्टेशनबाट विद्युत वितरण हुने शंखमुल, व्यवस्थापिका संसद भवन, धोबिखोला, बागमती, कोटेश्वर, एयरपोर्ट, न्यू एयरपोर्ट, बानेश्वर, लुभू, इमाडोल फिडर १, २, र गोठाटारमा बत्ती जाने छ । सर्किट ब्रेकर परिवर्तनका लागि तोकिएको समयमा बत्ती गए पनि रातको समयमा बत्ती नजाने महाशाखाले जनाएको छ । ‘बानेश्वर शवस्टेनबाट वितरण भएका फिडरमा रातको समयमा भने बत्ती काटिने छैन्,’ घलेले भने । सर्किट ब्रेकर बदल्ने समयमा व्यवस्थापिका संसद् भवनमा समेत दैनिक १३ घण्टा बत्ती नहुने महाशाखाले प्रष्ट पारेको छ । बत्ति गएपनि यो लोडसेडिङका कारणले होइन ।

loadsedding

विशेष