अपराध सुरक्षा ताजा खबर News

कञ्चनपुरमा काठ तस्कर हतियार सहित पक्राउ

कञ्चनपुरमा काठ तस्कर हतियार सहित पक्राउ

कात्तिक २८ । कञ्चनपुरको वाइसेविचुवामा काठ तस्करी गरिरहेका चार युवकलाई हतियारसहित पक्राउ गरिएको छ । बाइसेविचुवा गाविस–१ सुखडघाटबाट हतियारसहित काठ तस्करी गरिरहेका पुनर्वास नगरपालिकाका चारजना युवा पक्राउ परेका हुन् ।

उनीहरुबाट एक थना कटुवा पेस्तोल, दुई राउन्ड गोली र करिब ७५ क्युफिट काठ बरामद भएको नौरङ्गा इलाका वन कार्यालयले जनाएको छ ।  पक्राउ पर्नेहरुमा पुनर्वास–११ का सोजीत तामाङ, पुनर्वास–७ का रामबहादुर गुरुङ, स्थानीय मिलन राना र शङ्करपुर–१ का नारायण राना रहेका छन् । वन कर्मचारीहरु जङ्गलमा गस्ती गरिरहेका बेला चारजना तस्कर डल्लपमा काठ ओसार्ने तयारीमा रहेका थिए ।

शनिबार पक्राउ परेका चारैजनालाई कारबाहीका लागि आज अदालतमा म्याद थप गरी विस्तृत अनुसन्धान सुरु हुने जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

Kath Taskar

विशेष