अपराध सुरक्षा News

बन्दकर्ताले जलाए कार र बाइक

बन्दकर्ताले जलाए कार र बाइक

कात्तिक २८ । अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएका छन् । दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा १०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा १० प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ ।

अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ रहेको छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ ।

आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

Biplob

विशेष