ताजा खबर राजनीति News

एमाले छाडेको भन्ने भ्रामक समाचारबाट नेता गोकर्ण विष्ट तनावमा

एमाले छाडेको भन्ने भ्रामक समाचारबाट नेता गोकर्ण विष्ट तनावमा

gokarna-bista कात्तिक २८ । नेकपा एमालेका नेता गोकर्ण विष्ट भ्रामक समाचारको शिकार बनेका छन् । एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर ३ का सांसद विष्ट सयौं कार्यकर्तासहित माओवादीमा प्रवेश गरे भन्ने आशयको खबर एक्कासी शुक्रबार साँझदेखि भाइरल बनेपछि उनी तनावग्रस्त भएका हुन् ।

काठमाडौं खबर डटकम ब्लगस्पटमा छापिएको खबरमा गोकर्ण विष्ट ४ सय ५० कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरेको, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेर पार्टी छाडेरको उल्लेख गरिएको छ । साथै रिपोर्टस क्लबको कार्यक्रममा विष्टले पार्टी परित्याग गरेको समेत समाचारमा उल्लेख गरिएको थियो ।

परिचित मिडियाबाट भन्दा पनि व्यक्तिको ब्लगमा लेखिएको समाचारका कारण अनावश्यक तनाव खेप्नुपरेको भन्दै विष्टले यस्तो भ्रामक समाचार फैलाउनेलाई तत्काल कारवाहीको माग गरेको छ ।

समाचारपत्र

Gokarna Bista

विशेष