ताजा खबर News

रहेनन् पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

रहेनन् पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

कात्तिक २८ । पूर्वप्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठको ७७ वर्षको उमेरमा शनिबार निधन भएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका श्रेष्ठको शनिबार ललितपुरको सुनाकोठीस्थित आफ्नै निवासमा निधन भएको हो । केही समयअघि उनको भारतको मेदान्त अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो । उनले २०६०-६१ मा नौ महिना प्रधानन्यायाधीश भएर सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।

श्रेष्ठको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । प्रधानन्यायाधीश सुशीला कार्कीले पशुपति आर्यघाटमा पुगेर श्रेष्ठप्रति अन्तिम श्रद्धासुमन प्रकट गरेकी थिइन् । आर्यघाटमा प्रहरीको टोलीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । उनका एक छोरा र तीन छोरी छन् ।

यसैबीच प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा शनिबार नै बसेको सर्वोच्चको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश श्रेष्ठको असामयिक निधनप्रति शोक प्रकट गर्दै आइतबार सर्वाेच्च र मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

Gobinada bahadur shrestha

विशेष