बन्दको विरोधमा ‘दाह्री ग्याङ’काे बन्द
कात्तिक २८ । चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुताको सुनश्चिताको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्व नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दको विरोधमा ‘दाह्री ग्याङ’ सडकमा उत्रिएको छ । समाजिक संजाल फेसबुक मा उनीहरुले अभियान चलाएका छन् । ‘दाह्री ग्याङ’मा आबद्ध युवाहरुले आइबार राजधानीमा प्रदर्शन गरेको छन् । उनीहरुले बारम्बारको नेपाल बन्दबाट जनता आजित भइसकेको भन्दै बन्द सदाका लागि अन्त्य गर्न माग गरे ।
'दाह्री ग्याङ'मा आबद्ध युवा जगदिश भण्डारीले राजनीतिक दलका नेताका कारण मुलुक बर्बाद हुन लागेको भन्दै बन्द र हड्तालका विरुद्ध युवाहरु सडकमा उत्रिनु परेको बताए । ‘दाह्री ग्याङ’ले आइतबार राजधानीको सिटी सेन्टरमा फिल्म जात्राको च्यारिटी शोको आयोजना गरेको तर नेपाल बन्दका कारण सिटी सेन्टर बन्द भएपछि उनीहरु सडकमा उत्रिएका हुन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । माओवादीका कार्यकर्ताले मुलुकका विभिन्न मागमा सवारी साधनमाथि तोडफोडसमेत गरेका छन् । बन्दक कारण राजधानीमा सार्वजनिक सवारीका साधन कम चल्दा सर्वसाधारण पैदल यात्रामार्फत गन्तव्यतर्फ गइरहेका छन् ।
bandako birodhma
dari gyang