News

बन्दमा साझा यातायातका बस सञ्चालनमा

बन्दमा साझा यातायातका बस सञ्चालनमा
का्तिक २८ ।  काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्वाह नगरी आफ्नो सेवालाई आज पनि निरन्तरता दिएको छ। बन्दमा सर्वसाधारणलाई सेवा पुर्‍याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा यातायात प्रालिले जनाएको छ। साझाका उपत्यकाका सबै मार्गमा बस निर्बाध रुपमा सञ्चालन भइरहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। नेकपा ९माओवादी०ले खाद्य सुरक्षाको माग गर्दै आज बन्दको आह्वान गरेको छ। बन्दले कामकाजी सर्वसाधारण मर्कामा परेका छन् भने उपत्यकामा पातलो सङ्ख्यामा सवारी साधन गुडिरहेका छन्। साझाले विगतका बन्द, हडताल, भूकम्प र नाकाबन्दीका बेला पनि निरन्तर सेवा दिँदै आइरहेको छ। उसले तीन सय ६५ दिनै सेवा दिने घोषणा गरेअनुरुप महत्वपूर्ण चाड दसैँ, तिहार, छठ लगायत बेला पनि सेवा दिने गरेको जनाएको छ। नयाँ बस सञ्चालनको तयारी साझा यातायातले उपत्यकामा थप सेवा विस्तार गर्नका लागि नयाँ ३० बस सञ्चालन गर्ने तयारी गरेको छ। मार्ग इजाजतका लागि वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा निवेदन दिइएको र इजाजत पाउनेबित्तिकै सेवा सुरु गरिने कार्यकारी अधिकृत पाण्डेले बताए। उनका अनुसार साझाका नयाँ बस साझाको परिसरभित्रै छन्। साझाले हाल ४६ बस मार्फत सेवा दिँदै आएको छ। तीमध्ये आठ वटा लामो दूरीमा चल्छन्। गत दसैँदेखि साझाले गोरखा, लुम्बिनी, वीरगन्ज र भैरहवामा साझाले सेवा दिँदै आएको छ। रासस

bandama bus sanchalanma Sajha Yatayat sanchalanma

विशेष