विदेश

बङलादेशमा सवारी दुर्घटना, ७ को मृत्यु

बङलादेशमा सवारी दुर्घटना, ७ को मृत्यु
कात्तिक - २८ ।  बङलादेशको बोग्रा क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । राजधानी ढाका देखि एक सय ९७ किलोमिटर उत्तर तर्फ पर्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाँच जना प्रहरी रहेको जनाइएको छ । प्रहरीले मृतकहरुको नाम सार्वजनिक गरेकोे छैन । घटनामा परी अन्य ६ जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीसहित ढाकामा सामान लिन हिडेको ट्रक र विपरित दिशाबाट आएको अर्को एक ट्रक एक आपसमा जुध्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । स्थानीय समय अनुसार गएराती १ बजेतिर दुर्घटना भएको हो । घटनाको कारण पनि अहिलेसम्म एकीन नभएको तर अनुसन्धान अगाडी बढेको प्रहरी अधिकारीले जनाएका छन् । बङ्गलादेशमा सवारी दुर्घटनाका कारण हरेक बर्ष हजारौ मानिसको मृत्यु हुने गरेको छ । यहाँ खराव अवस्थाको बाटो, मर्मत नगरिएको सवारी साधन, ट्राफिक नियमको उलङ्घन, अनुगमनको अभाव लगायतका कारणले बढी दुर्घटना हुने गरेकोे छ । रासस-सिन्ह्वा

bangladesh buss accident Death

विशेष