News

राष्ट्रपति कृषक पुरस्कार १० जनालाई

राष्ट्रपति कृषक पुरस्कार १० जनालाई
कात्तिक - २८ ।  छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा स्याउ खेती, तरकारीखेती, बङ्गुरपालन लगायत दश कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार बापत प्रतिव्यक्ति नगद रु दश हजार र प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा माविस्तरीय निबन्ध प्रतियोगिताका प्रतियोगीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रजिअ कृष्णबहादुर घिमिरेले कृषकलाई चिनु, फापर, आलु, कोदो र सिमी उत्पादन गर्न आग्रह गरे । नेकपा(माओवादी केन्द्र)का विजय भण्डारीले कृषि विकास कार्यालयबाट समयमा बीउ नपाएर कृषक खाली हात फर्केकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा मल प्रशस्त ल्याउन पनि सुझाव दिए । विजयी स्याउ कृषक छिरिङतेन्जन लामाले कृषि विकास कार्यालयले धेरै वर्षअघि भारतबाट ल्याएर कृषकलाई स्याउ वितरण गर्दै आएकामा हाल आफैँले एक हजार ५०० देखि दुई हजार ५०० सम्म बीउ उत्पादन गरेको बताउँदै अहिले त्यसलार्य कृषि विकास कार्यालयले खरिद गरेको हुँदा आफू खुसी भएको बताए ।

bidhya bhandari rastra pati krishak puraskar

विशेष