व्यस्थापिका संसदको वेव साइट ह्याक भयो
कात्तिक - २८ । व्यस्थापिका संसदको वेव साइट ह्याक भएको छ । ह्याकरले संसदको सूचना आउने स्थानमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् ।
पुरानो साइट बन्द गरेर नयाँ बनाउने तयारीमा रहेकै बेला साइट ह्याक भएको संसद सचिवालयका प्रवक्ता भरत गौतमले बताए। नयाँ साइट बनाउने प्रक्रियामा रहेकोले पुरानो साइट ह्याक भएर खासै असर नपर्ने गौतमले बताए ।
ह्याकरले आयो गोर्खाली भन्दै ’नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ लेख्दै सरकारसँग ८ प्रश्न वेवसाइटमा पोष्ट गरेका छन् । ह्याकरले के यसैको लागि हजारौं नेपाली सहिद भएका हुन् भन्दै प्रश्न गरेका छन् । के यही यस्तै देश हो हामी जनताले रोजे को? के यही हो सरकार जुन माथि नेपाली जनताको आशा थियो ? लगायतका प्रश्न ह्याकरले साइटमा राखेका छन् ।
उनीहरुले जय देश जय स्वाभिमान भन्दै अस्तित्वको सम्मान गर हैन भने विद्रोहको सामना गर्न तयार बन भन्दै चेतावनी समेत दिएका छन् । ह्याकरले आफुलाई ब्रोदर भनेर चिनाएका छन् ।
BICC
web site hyak bhayo