ताजा खबर विदेश News

६८ वर्षपछि आज ‘सुपर मुन’

६८ वर्षपछि आज ‘सुपर मुन’

moon कात्तिक २९ । चन्द्रमा आज पृथ्वीको नजिक आउँदैछ । चन्द्रमा पछिल्लो ६८ वर्षमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो ।

नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने छ । त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मटिर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । सोमबार चन्द्रमा नियमित पूर्णिमामा भन्दा १४ प्रतिशत ठूलो देखिने छ ।

यस्तै चन्द्रमा अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो हुनेछ । यसपछि सन् २०३४ को नोभेम्बर २५ मा मात्रै यस्तो चन्द्रमा देख्न पाइने छ ।

Moon Super Moon

विशेष