खेल ताजा खबर News

रोनाल्डोको गोलको मद्दतले पोर्चुगलले लात्भियालाई हरायो

रोनाल्डोको गोलको मद्दतले पोर्चुगलले लात्भियालाई हरायो

ronald कात्तिक २९ । विश्व कप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लात्भियालाई ४–१ ले हरायो ।

समूह ‘बी’ मा रहेको पोर्चुगललाई जिताउन कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा विलियम कार्वाल्हो र ब्रुनो अल्वेसले एक एक गोल गरे । त्यस्तै समूह ‘बी’ अन्तर्गत नै भएको खेलमा स्वीट्जरल्याण्डले फारोइ आइल्याण्डलाई २–० ले हरायो । लगातार चार खेल जितेको स्वीट्जरल्याण्ड १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यस्तै ९ अंकसहित पोर्चुगल दोस्रो स्थानमा छ । समूह ‘बी’ कै खेलमा नेदरल्याण्डसले लग्जेम्बर्गलाई ३–१ ले हरायो । उता बुल्गेरियाले बेलारुसलाई १–० तथा हंगेरीले एन्डोरालाई ४–० ले हरायो ।

Portugal Ronaldo

विशेष