ताजा खबर विदेश News

पराजयबारे हिलारीले पहिलोपटक मुख खोलिन

पराजयबारे हिलारीले पहिलोपटक मुख खोलिन

कात्तिक २९ । अमेरिकाको नयाँ राष्ट्रपति पदमा पराजित हिलारी क्लिन्टनले आफू हार्नुमा त्यहाँका संघीय जाँच व्यूरो एफविआइका निर्देशक जेम्स कोमी दोषी रहेको आरोप लगाएकि छिन् । निर्वाचन हुनु केही दिन अघि आफू विदेशमन्त्री हुँदा प्रयोग गरिएका गोप्य इमेलबारे अनुसन्धान गरेर निर्देशक कोमीले निर्वाचन अभियानलाई प्रभावित पारेको आरोप लगाएकि छन् ।

पार्टीलाई सहयोग प्रदान गर्ने दाताहरुसँग टेलिफोन कुराकनीमा क्लिन्टनले सो आरोप लगाएकि हुन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको टेप काण्ड पछि आफ्नो अभियानमा देखिएको गति अकस्मात् रोकिएको उनले बताइन । पत्रले ट्रम्प समर्थमकलाई आवश्क हौसला मिलेको उनको बुझाइ छ । चुनाव प्रचारको अन्तिम साता निर्देशक कोमीले कंग्रेसमा पठएका थिए ।

तर नयाँ अनुसन्धानमा पनि क्लिटन दोषी ठहर नभएको भन्दै एफबिआइले पुनः सफाइ दिएको थियो । इमेल प्रकरण ब्युँताएपछि डेमोक्रेटिक पार्टीका नेता र समर्थक निर्देशक कोमी विरुद्ध आक्रोशित भएका थिए ।

hilary clinton

विशेष