ताजा खबर विदेश

यसकारण मागे मोदीले माफी

यसकारण मागे मोदीले माफी

narandra-modi-nepalaaja


कात्तिक २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गरेका छन् । पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उहाँले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोलेका थिए ।

कसैले सुइको साइनोसमेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

यस्तै अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको बताए ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गरे । यसले भारतीय जनतालाई पर्न गएको असरको बारेमा आफुले क्षमा मागेको समेत बताए ।

Narendra modi

विशेष