अपराध सुरक्षा News स्वास्थ्य

श्रीमानको कुटाइबाट घाइते महिलाको निधन

श्रीमानको कुटाइबाट घाइते महिलाको निधन

कात्तिक २९ । श्रीमानको कुटाइबाट घाइते रोल्पाकी सुनकुमारी नेपालीको उपचारको क्रममा आइतबार निधन भएको छ । युनिभर्सल मेडिकल कलेजमा भैरहवामा उनको उपचार भइरहेको थियो ।

श्रीमानको कुटाईबाट घाइते भएपछि सुरुमा आर्थिक अभाबका कारण उपचारमा समस्या भएको थियो । रोल्पा थवाङ ८ की ४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए । थवाङ प्रहरीले उद्धार गरी घर्तीगाउँ अस्पताल पठायो तर, त्यहाँ उपचार सम्भव नभएपछि १३ वर्षीया छोरी बिनिताले उनलाई भैरहवा ल्याइन् ।

शनिबार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपतिपुत्र दीपेश पुनसहितको टोली अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो ।

Health

विशेष