ताजा खबर विदेश News

अमेरिकाबाट १ करोड १० लाख आप्रवासी नागरिक लखेट्ने ट्रम्पको घोषणा

अमेरिकाबाट १ करोड १० लाख आप्रवासी नागरिक लखेट्ने ट्रम्पको घोषणा

कात्तिक २९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरुलाई जेल हाल्ने घोषणा गरेका छन् । आप्रवासीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पको यो पछिल्लो घोषणाले करिब ३० लाख व्यक्ति प्रभावित हुने बताइएको छ । अमेरिकी च्यानल सीबीएससँगको कुराकानीमा ट्रम्पले कारबाही आपराधिक पृष्ठभूमिका आप्रवासीविरुद्ध हुने स्पष्ट पारे ।

‘अपराधी, आपराधिक कृयाकलापमा संलग्न भएको रेकर्ड भएका र ग्यांगका सदस्यहरु पत्ता लगाउँछौं । र देश निकाला गर्छौं वा जेल हाल्छौं ।’ उनले भने

उनले घोषणा गरेको मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने बाचा समेत पुरा गर्ने बताए । उनले भने, ‘म यस योजनामा अडिग छु । पर्खालसँगै वाड पनि लगाउन सकिन्छ ।’

अमेरिकामा करिब १ करोड १० लाख प्रवासी रहेको अनुमान छ । तिमध्ये मेक्सिकोबाट आएकाहरुको संख्या धेरै छ । ट्रम्पले चुनावी अभियानको क्रममा राष्ट्रपति बराक ओबामाको कार्यकालमा ल्याइएको आप्रवासीहरुलाई माफी दिने कानुन खारेज गर्ने घोषणा समेत गरेका छन् ।

Donald Trump

विशेष