ताजा खबर विदेश News

दाउद इब्राहिम नै हुन् त डोनाल्ड ट्रम्प ? (भिडियो सहित)

दाउद इब्राहिम नै हुन् त डोनाल्ड ट्रम्प ? (भिडियो सहित)

कात्तिक २९ । अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको पाकिस्तानी न्यूज च्यानलले दाबी गरेको छ ।

पाकिस्तानमा जन्मिएका ट्रम्पको नाम पनि फरक भएको पनि उक्त टेलिभिजनको दाबी रहेको छ । उक्त च्यानलका अनुसार डोनाल्ड ट्रम्पको जन्म पाकिस्तानको बजिरस्तानमा भएको र उनले मदरसामा शिक्षा हासिल गरेको बताएको छ । पाकिस्तानमा उनको नाम दाउद इब्राहिम खान रहेको दावी गर्दै च्यानलले ट्रम्पका बाबु आमाको मृत्यु पछि टुहुरा ट्रम्पले मदरशामा पढेर हुर्किएको समेत दावी गरेको छ ।

ट्रम्पलाई पाकिस्तान पुगेका एक बेलायती सेनालेका क्याप्टेनले धर्मपुत्र बनाएर लण्डन र्पुयाएको र त्यहाँ नै उनलाई अमेरिकाको ट्रम्प परिवारले धर्मपुत्र बनाएको उक्त च्यानलको दावी छ ।

यदि राष्ट्रपतिको चुनावमा आफु हारेमा आफुले हार स्विकार नगर्ने भनेका थिए । उनको स्वभाव धेरै अक्रोशित हुने र केहि हल्का कठोर हुनाले मुस्लिमसग मेल खाने प्रवृतीको देखिन्छ भन्ने विश्लेषकहरुको पनि आशका रहेको छ ।

कोहि त शका के पनि गर्छन भने उनले आफ्नो कपाललाई ब्लो ड्राइ गर्नुको कारण अमेरिकन जस्तो खैरो देखिन गरेको हो भन्ने अनुमान पनि गर्छन ।

एजेन्सीको सहयोगमा

विशेष