News

महाअभियोग प्रस्तावमाथि छलफल चलिरहदा लोकमानको पक्षमा जुलुस प्रदर्शन

महाअभियोग प्रस्तावमाथि छलफल चलिरहदा लोकमानको पक्षमा जुलुस प्रदर्शन
कात्तिक – २९ । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोसमाथि संसद्मा छलफल चलिरहेकै बेला उनका समर्थकले राजधानीमा जुलुस निकालेका छन् । उनका समर्थकले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । झण्डै डेडसयको हाराहारीमा रहेका प्रदर्शनकारीले माइतीघरबाट प्रदर्शन सुरु गरेका थिए ।गेरुबस्त्रधारी महिला तथा बालबालिकाहरु पनि सहभागिता जनाएका थिए । उनीहरुले हातमा नेपालको राष्ट्रिय झण्डासमेत बोकेका थिए । जुलुसको अगुवाइ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेका हुन् । उनले लोकमानमाथि महाअभियोगको प्रस्ताव दर्ता भएदेखि नै लोकमानलाई समर्थन गर्दै आइरहेका थिए । उनीहरुले लोकमान जनता तिम्रो साथमा छन्, भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ भन्ने नारा लेखिएका प्लेकार्ड र भ्रष्टाचारविरुद्धको आन्दोलन सफल पारौँ लेखिएको ब्यानर सहित चर्काे नारावाजी गरेका थिए ।

Lokmansing karki Pradarsan

विशेष