News

भारत जान गैरकानुनी रुपमा नेपाल छिरेका ४१ तिब्बतीयन पक्राउ

भारत जान गैरकानुनी रुपमा नेपाल छिरेका ४१ तिब्बतीयन पक्राउ
कात्तिक–२९ । गैरकानुनी रुपमा नेपाल छिरेर भारततिर गइरहेका ४१ जना तिब्बतीयन नागरिक पक्राउ परेका छन् । कैलालीको गौरीफन्टा नाका भएर नेपाली नम्बर प्लेटको यात्रुबाहक बस रिजर्व गरेर गइरहेका उनीहरुलाई राहदानी र भिसा नभएकाले पक्राउ गरिएको हो । धनगढीको मिलनचोकमा रहेको अछाम बर्दादेबी होटलमा खाना खाएर गौरीफन्टा नाका भएर भारततिर गइरहेको सूचना प्रहरीलाई आएको र त्यसपछि खटिएको प्रहरीको टोलीले ४१ जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका ४१ जना तिब्बतीयन केहीसँग भारतीय भएको परिचयपत्र बाहेक अन्यसँग आवागमनका लागि चाहिने कुनै पनि प्रमाणहरु नभएको प्रहरीले जनाएको छ । गैरकानुनी रुपमा नेपाल प्रवेश गरेकाले उनीहरुलाई पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी भइरहेको छ । नेपाली र अंग्रेजी भाषा नजान्ने भएकाले पनि उनीहरुबारे धेरै कुरा खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् । खाना खाएपछि, गौरीफन्टाको बाटो भारततिर जाने तयारी गरिरहेका बेला प्रहरीले पक्रेका तिब्बतीयन नागरिकहरुलाई अध्यागमन कार्यालय कैलालीले अध्यागमन विभागसँगको समन्वयमा काठमाडौं फिर्ता पठाएको छ ।

विशेष