ताजा खबर विदेश News

भारतले ७ पाकिस्तानी सैनिकको हत्या गर्यो

भारतले ७ पाकिस्तानी सैनिकको हत्या गर्यो

pakistan कात्तिक ३० । पाकिस्तानले काश्मिरमा भारतीय पक्षले हानेको गोली लागेर आफ्ना सात सैनिकको ज्यान गएको बताएको छ । भारतीय पक्षले चलाएको गोली लागेर आफ्ना सैनिकको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ । भारतीय पक्षले बिम्बर क्षेत्रको नियन्त्रण रेखामा गोली चलाएको पाकिस्तानले बताएको छ ।

तर भारतीय पक्षले भने पाकिस्तानी क्षेत्रबाट गोली चल्न थालेपछि आफूहरुले जवाफी कारवाही गरेको दाबी गरेको छ । सन् २००३ पछि काश्मिरमा भएको भिडन्तमा पाकिस्तानी सेनालाई एकै पटक भएको यो सबैभन्दा ठूलो नोक्सानी हो । पछिल्लो केही हप्तादेखि नियन्त्रण रेखामा भएका घटनामा दुवै पक्षका नागरिक मारिएका छन् । सीमा क्षेत्रका गाउँका बासिन्दा विस्थापित भएका छन् ।

India Pakisatan

विशेष