ताजा खबर News स्वास्थ्य

‘केसीको ज्यानभन्दा ठूलो मेरो पद होइन’

‘केसीको ज्यानभन्दा ठूलो मेरो पद होइन’

कात्तिक ३० । अघिल्ला नौवटै अनसमा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्सासास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौ अनसन सुरु हुँदा अर्को कित्तामा पुगेका छन् ।

वरिष्ठताका आधारमा डिन नियुक्ति लगायत चिकित्साशिक्षामा केसीको सुधारमा पक्षमा देखिएका डा सिंह हरेक दिन अनशन स्थलमा रहेका थिए । तर यस पटकको नियुक्ति पछि उनि अनशन स्थलमा फकिएका छैनन् । यसपटक भने दृष्य भिन्न छ । परिस्थिति फरक छ । डा. केसीका यी परम मित्र डा. सिहलाई अगाडि राखेर चिकिस्सा शिक्षा क्षेत्रमा सुरु भएको सुधार विथोल्ने खेल भइरहेको छ ।

चार दिन अघि डिन नियुक्ति भएका अवस्थामा त्रिविले यो पद्धछित विथोल्ने गरी सिंह अगाडि सरेका छन् । डा. केसी आफूलाई लडाएर विश्वविद्यालय प्रशासन र मेडिकल माफियाले चलखेल गरिरहेको भन्ने छ । केसीको पक्षमा रहेको डाक्टरहरु केसीको पक्षमा आएर डा. सिंहले राजिनामा दिने मोडमा आएको बताएका छन् ।

नागरिक दैनिक

Gobinda Kc

विशेष