ताजा खबर विदेश News

ट्रम्पले वर्षभरि एक डलर मात्र तलब बुझ्ने, विदा पनि नलिने

ट्रम्पले वर्षभरि एक डलर मात्र तलब बुझ्ने, विदा पनि नलिने

कात्तिक ३० । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षभरि एक डलर मात्र तलब बुझ्ने बताएका छन् । ‘राष्ट्रपतिका रुपमा पाउने तलब बुझ्दिन, तर म एक वर्षमा एक डलर मात्र तलब लिन्छु,’ सिबिएससँग अन्तर्वार्तामा ट्रम्प भन्छन, मलाई थाहा छैन, राष्ट्रपतिको मासिक तलब कति हुन्छ?’ अमेरिकन एजेन्सीहरुका अनुसार वर्तमान राष्ट्रपति बाराक ओबामाले प्रत्येक वर्ष चार लाख डलर तलबका रुपमा लिँदै आइरहेका छन् ।

उनले आफूसँग धेरै काम भएकोले बिदा पनि खासै नलिने घोषणा गरेको बताएका छन् ।

नयाँ पत्रिका

Donald trump Salary

विशेष