ताजा खबर राजनीति News

दुई राप्रपा एक हुँदै

दुई राप्रपा एक हुँदै

rapraa-nepal

कात्तिक ३० । राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते पार्टी एकता घोषणा हुने भएको छ । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा हुनेछन् ।

मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकमा पार्टी एकताको सहमति भएको हो । सहमति अनुसार माघभित्र महाधिवेशन हुनेछ । दुवै पार्टीबीच अन्तरिम विधान आदान आदान प्रदान भएको छ । यो विधान आगामी महाधिवेशनबाट नयाँ विधान तयार नभएसम्म कायम रहनेछ ।

राप्रपा र राप्रपा नेपालबीच साउन २५ गते नै पार्टी एकता घोषणा गर्ने समझदारी भएको थियो । तर, २४ गते राप्रपाले प्रचण्ड सरकारमा सहभागी हुने घोषणा गरेपछि एकता भाँडिएको थियो ।

संसदमा राप्रपा नेपालका २५ र राप्रपाका १३ सांसद छन् ।

विशेष