विदेश

इन्डाेनेसियामा बाढीबाट ६ हजार विस्थापित

इन्डाेनेसियामा बाढीबाट ६ हजार विस्थापित
कात्तिक - ३० । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस बाढीको कारण करिब ६ हजार घर , १२ मस्जिद र चार वटा विद्यालय भवन जलमग्न भएको बताइएको छ । त्यसैगरी बाढीको प्रकोपमा परी एक सय हेक्टर जमिनको धान वालीसमेत नष्ट भएको र २० हजार व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले सिन्ह्वा समाचार समितिलाई बताएका । विस्थापित र प्रभावित व्यक्तिहरुको सहयोगको लागि सैनिक, प्रहरी, स्थानीय बासिन्दा , प्रकोप नियन्त्रण निकायका अधिकारीहरु सहभागीता रहेको पनि सुतोपोले बताएका छन् । बर्षापछि बाढी र पहिरोको प्रकोपले बारम्बार सताउने गरेको पाइन्छ । -एजेन्सी

Flood indonessia indonessiama badibata bisthapit

विशेष