हलवाइको शव ल्याउन प्रधानमन्त्री प्रचण्डकाे निर्देशन
कात्तिक - ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरबको दम्माममा निधन भएका नेपालगन्ज– ४ बाँकेका मोहमद अकबर हलवाइको शव तुरुन्त स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
प्रचण्डले सोमबार परराष्ट्र मन्त्रालय मार्फत साउदी अरबका लागि नेपाली दूतावासलाई निर्देशन दिएको प्रधानमन्त्री स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्रीले परराष्ट्र सचिव शङ्करदास वैरागीलाई हलवाइको शव तुरुन्त नेपाल ल्याउन निर्देशन दिएका र सोही आधारमा प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै सचिव वैरागीले साउदी अरबका लागि नेपाली कावा राजदूत आनन्द शर्मालाई प्रधानमन्त्रीको निर्देशन अवगत गराएका थिए । कावा राजदूत शर्माले हलवाइको शव स्वदेश ल्याउने व्यवस्था गर्न दूतावासले आवश्यक पहल गरिसकेको र प्रक्रिया मिलाएर तीन दिनभित्रै शव नेपाल आउने विश्वास दिलाउनुभएको मन्त्रालयले जनाएको छ ।
pm pshpa kamal dahal prachanda