News

दक्षिण कोरियामा कार्यरत नेपालीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

दक्षिण कोरियामा कार्यरत नेपालीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
कात्तिक ३० । दक्षिण कोरियामा कार्यरत नेपालीले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । कोरियाको गजेदोस्थित पानी जहाज निर्माण कम्पनीमा कार्यरत नेपालीको साझा संस्था डेउ नेपाली एकता समाजले महावीरले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ एक लाख ६५ हजार रुपैयाँ सहयोग गरेको हो । सोमबार समाजका उपाध्यक्ष केशव खड्का तथा कम्पनीका कर्मचारीले समाजको तर्फबाट आविष्कार केन्द्रको कार्यालय ठमेलमा सहयोग रकम हस्तान्तरण गरे । चलचित्र प्रदर्शन तथा सहयोग संकलन कार्यक्रमा बोल्दै समाजका अध्यक्ष मोहन पण्डितले समाजले यस महाअभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । विज्ञानको क्षेत्रमा नयाँ खोज र अविष्कार गरी मुलुक विकासमा सहयोग गर्ने उद्देश्यले केन्द्र स्थापनामा भएको हो । महावीर पुनले केन्द्रका लागि सरकारसंग आर्थिक सहयोग मागेको भएपनि सरकारी अधिकारीले बेवास्ता गरेपछि आफैँ चन्दा संकलन गरेर केन्द्र स्थापनाको अभियानमा लागेका छन् । अभियानबाट हालसम्म एक करोड तीस लाख रुपैयाँ संकलन भइसकेको पुनले जानकारी दिए ।

mahabir pun rastriya abiskar kendra south koreabata arthik sahayog

विशेष