लोकमान सुटुक्क सर्वोच्च पुगे

कात्तिक ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अदालत हाजिर भएका छन् ।
मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेर कार्कीले लिखित जवाफ पेश गरेका हुन् । उनीमाथि म्याद तामेलीमा अवरोधको योजना बनाई प्रतिकार समूह परिचालन गरेको आरोप थियो ।
सुटुक्क सर्वोच्च अदालत पुगेका उनले लिखित जवाफ बुझाएर फर्केका छन् । उनीविरुद्धको मुद्दामा मंसिर १६ गते सुनुवाई हुँदैछ ।
lokman singh karki
sarbochha adalat