ताजा खबर News समाज

सर्वोच्च पुगेर लोकमानले भने म ६ वर्षका लागि नियुक्त भएको हुँ

सर्वोच्च पुगेर लोकमानले भने म ६ वर्षका लागि नियुक्त भएको हुँ

मंसिर १ । संसदमा महाभियोग प्रस्ताव दर्तापछि निलम्बित लोकमानसिंह कार्कीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतमा मंगलबार उपस्थित भएर जवाफ पेश गर्ने क्रममा कार्कीले आफूलाई ‘बहालवाला प्रमुख आयुक्त’का रूपमा प्रस्तुत गरेका हुन् ।कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफ्नो परिचय प्रस्तुत गर्ने क्रममै बहालवाला प्रमुख आयुक्त भनि उल्लेख गरेका छन् ।

लिखित जवाफको दोस्रो बुँदामा पनि उनले आफुलाई पूर्वमुख्य सचिवका रूपमा मात्रै सम्बोधन गरिएकामा आपत्ति जनाउँदै आफू अख्तियार प्रमुखसमेत रहेको दाबी गरेका छन् । ‘मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिवमात्रै नभइ संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियारको बहालवाला प्रमुख आयुक्त हुँ,’ कार्कीले भनेका छन, ‘म सो पदमा २०७० वैशाख २५ गतेदेखि ६ वर्षका लागि नियुक्त भएको हुँ ।’

संसदमा एमाओवादी र एमालेका १ सय ५७ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी ‘नियमित कार्यसम्पादन गर्न नपाउने गरी’ निलम्बित अवस्थामा छन् ।

lokman

विशेष