इतिहासमा आज ताजा खबर News

आज पाचौं राष्ट्रिय कर दिवस

आज पाचौं राष्ट्रिय कर दिवस

मंसिर १ । आज पाचौँ राष्ट्रिय कर दिवस । गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने नारासहित मनाउन लागिएको कर दिवसका अवसरमा सरकारले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्दैछ ।

त्यसअघि अहिले लाजिम्पाटमा रहेको आन्तरिक राजस्व विभागबाट प्रभातफेरी निकालिएको छ । प्रभातफेरी प्रज्ञाप्रतिष्ठान पुगेर कार्यक्रममा परिणत हुने विभागले जनाएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरिनेछ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको जानकारी दिए ।

विभागले ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको शर्माले बताए । गतवर्ष ४ खर्ब ७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

विशेष