ताजा खबर विदेश News

राष्ट्रपतिलाई सुनाइएको मृत्युदण्ड खारेज

राष्ट्रपतिलाई सुनाइएको मृत्युदण्ड खारेज

मंसिर १ । इजिप्टको एक अदालतले त्यहाँका अपदस्थ राष्ट्रपति मोहम्मद मर्सीमाथि सुनाइएको मृत्युदण्डको सजायलाई उल्टाइदिएको छ । त्यहाँको पुनरावेदन अदालतले उनको मृत्युदण्डको सजाय बदर गरेको हो ।

मुर्सीसहित ब्रदरहुड पार्टीका २१ जनामाथि सुनाइएको मृत्युदण्डलाई त्यहांको अदालतले उल्टाएको हो । सन् २०११ मा तत्कालिन राष्ट्रपति होस्नी मुबारक सरकार विरुद्ध आन्दोलनमा हिंसा मच्चाको आरोप लगाई सन् २०१५ मा त्यहाँको एक अदालते मर्सीसहित ब्रदरहुट पार्टीका अधिकांश सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

मर्सी सन् २०१२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, यउनको सरकारविरुद्ध सन् २०१३ मा भएको प्रदर्शनपछि सेनाले उनलाई अपदस्थ गरेको थियो ।

Mohammad Morsi

विशेष