News

अभिनेत्री पूजाको बिकनी अवतार

अभिनेत्री पूजाको बिकनी अवतार

puja मंसिर १ । अभिनेत्री पूजा शर्मा खुल्दै गएकी छिन् । मतलव, उनले आफूलाई ‘हट’ रूपमा प्रस्तुत गर्न थालेकी छिन् । ‘थ्री लभर्स’, ‘मधुमास’, ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘अझै पनि’ फिल्ममा अभिनय गर्दासम्म पनि खासै चर्चा पाउन नसकेकी उनले गत वर्ष रिलिज भएको ‘प्रेमगीत’बाट भने राम्रै परिचय बनाइन् । हिमालय टेलिभिजनमा ‘पार्ट टाइम’ कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत हुँदै उनले सुरेशदर्पण पोखरेलको थ्री लर्भस फिल्ममा सहनायिका भई अभिनय गरेकी थिइन् । त्यसपछि उनमा हिरोइन बन्ने चाहना उत्कट भएको थियो ।

उनको सपना पूरा गरिदिए, निर्देशक सुदर्शन थापाले । थापाकै फिल्ममा निरन्तर अभिनयरत पूजा प्रेमगीतको ‘जब पुग्छु रिभर साइड’ बोलको गीतमा ग्ल्यामरस रूपमा प्रस्तुत भएकी थिइन् । अहिले, उनी अझै ‘हट’ बनेकी छिन् । थाइल्यान्ड घुम्न गएकी उनले समुद्री किनारमा बिकिनी लगाएर फोटो खिचाइन, र फेसबुकमा ‘जब पुग्छु जेम्स बोन्ड आइसल्यान्ड’ भन्दै पोस्ट गरिन् । उनले फेसबुकमा तस्बिर राखेसँगै विभिन्न प्रतिक्रिया आएका छन् ।

पूजाको यो ‘हट’ अवतारलाई उनका शुभचिन्तकले भने उत्ति साह्रो मन पराएका छैनन् । के अब फेसबुक फ्रेन्डका कमेन्टलाई मनन गर्लिन् त पूजाले ?

Puja Sharma

विशेष