ताजा खबर News

विश्व प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा बाबुराम (भिडियोसहित)

विश्व प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा बाबुराम (भिडियोसहित)

मंसिर १ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बेलायतस्थित विश्वप्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा  समावेशी लोकतन्त्र बारे डेढ घण्टा लामो प्रवचन दिएका छन् । दक्षिण एसियाको अक्स्फोर्ड भनेर चिनिने भारतको चर्चित विश्वविद्यालय जवहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका भट्टराईले प्रवचनको शुरुमा वास्तविक अक्सफोर्डमा आउन पाउँदा खुशी लागेको बताए ।

baburam-at-oxford-nepalaaja

उनले समाजवाद र पूँजीवादका सकारात्मक पक्षको ग्रहण गरेमा मात्र समावेशी लोकतन्त्र सम्भव हुनेमा जोड दिएका थिए । उनले सामन्ती राजतन्त्र उन्मुलनका लागि आफु कम्युनिष्ट पार्टीमा लागेको र आर्थिक सम्बृद्धिका लागि नयाँ पार्टी गठन गरेको प्रष्टिकरण दिएका थिए । ‘जीवनको महत्वपूर्ण समय जुन पार्टीमा लागे, त्यो पार्टीले राजनीतिक उद्देश्य पूरा गरेपनि आर्थिक उद्देश्य पूरा गर्न सक्दैन भन्ने ठहर गरेपछि म नयाँ शक्ति निर्माणमा लागेको हुँ । नयाँशक्तिमा राजनीतिक मूलधारबाट टाढा रहेका विज्ञहरुलाई उच्च महत्व दिइएको छ ।’ सँगै रहेका मदन राईको परिचय गराउँदै भट्टराईले भने ।


[caption id="attachment_39016" align="alignleft" width="357"]अक्सफोर्डकी उपकुलपति प्रो. रिचार्डसनसँग भट्टराई अक्सफोर्डकी उपकुलपति प्रो. रिचार्डसनसँग भट्टराई[/caption]

भट्टराईले नेपालको राजनीतिक विकासक्रम र संविधान निर्माणपछिको अवस्थाका बारेमा बढी जोड दिएका थिए । आदिवासी जनजादी, मधेशी र खसआर्यको समावेशी समानुपातिक सहभागिता बिना देशको विकास सम्भव नरहेको उनको भनाइ थियो ।

भट्टराईले आफु कम्युनिष्ट पार्टीमा रहेपनि लोकतन्त्रका पक्षमा सदैव विस्वास राखेको जनाए । ‘लोकतन्त्रका पक्षमा मत राखेकै कारण म पार्टीभित्र घेरावन्दी र कारवाहीमा परेको थिएँ ।’ भट्टराईले माओवादीकालिन राजनीतिको स्मरण गर्दै भने ।

विश्व राजनीति, नेपालको परिश्थिति र विकासको खाकाका बारेमा भट्टराईले प्रवचन दिइरहँदा अक्स्फोर्डका प्रध्यापक र विद्यार्थीले ध्यानपूर्वक सुनेका थिए । उनको फेसबुक पेजबाट लाइभ प्रशारण गरिएको प्रवचन तलको लिंकमा हेर्न सक्नुहुन्छ ।


https://youtu.be/SPZNH9To4vs

Dr Baburam Bhattarai Naya Sakti

विशेष