विदेश

अफगानिस्तानमा भएकाे आत्मघाती बम विस्फोटमा चारको मृत्यु

अफगानिस्तानमा भएकाे आत्मघाती बम विस्फोटमा चारको मृत्यु
मंसिर -१ । अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ ।स्थानीय समयाअनुसार बुधबार बिहान ०८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताए। सेदिकीले यस आक्रमणको विस्तृत विवरण नबताए पनि घटनाको अनुसान्धान जारी रहेका बताए । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्रहरीले सो इलाकालाई सुरक्षाको दृष्टिकोणले घेरा लगाएको र पत्रकारलाई समेत सो स्थानमा जान रोक लगाएको छ । रासस÷सिन्ह्वा

Afghanistan Afghanistan war

विशेष