News

प्लास्टिक उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति

प्लास्टिक उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति
मंसिर - १ ।  चाँगुनारायण नगरपालिका– ४ घुमाउनेमा प्लास्टिक उद्योगमा आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । गएराति विद्युत् सर्ट भई आगलागी हुँदा सरस्वती तिमिल्सेनाले सञ्चालन गरेको सो उद्योगमा मेसिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग खरिपाटीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो । रासस

Fire in plastic Factory

विशेष