विदेश

अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २० हजार कम

अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २० हजार कम
मंसिर - १ । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनिमहिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । करिब १२ हजार अष्ट्रे लियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ ।लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पुर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उनले जानकारी दिए । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भने, “समानतामा पुग्न हामी अझ धेरै हिड्न वाँकी छ ।” 'अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्' उनले जानकारी दिए । निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताए । उनले भने 'यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ ।' रासस÷सिन्ह्वा

Australia Salary Differnet in girl and boy

विशेष