एएफसी सोलिडारिटी कप विजेता टिमको भव्य स्वागत (फोटोसहित)

मंसिर २ । मलेसियामा सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
राति पौने ९ बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे । उनीहरुको स्वागत गर्न एन्फाका अधिकारीहरु पनि उपस्थित थिए ।
विमानस्थलमा उपस्थित यात्रु तथा तिनका आफन्तहरुले पनि खेलाडीहरुलाई हुटिङ गरेर स्वागत गरेका छन् । खेलाडीको स्वागतमा एन्फाले राति र्नै याली गरेको छ । नेपाली सेनाको चारवटा ट्रकलाई फूलले सजाएर विमानस्थल लगिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको र्याली गौशाला– बत्तिसपुतली– मैतीदेवी– पुतलीसडक– घण्टाघर–सहीद गेट–न्यूरोड– दरबार मार्ग– त्रिपुरेश्वर– थापाथली– कुपण्डोल– पुल्चोक– मंगलबजार– ग्वार्को हुँदै एन्फा कम्प्लेक्स पुगेको थियो ।
afc
Anfa
Fotball



