ताजा खबर विदेश News

नगद हाहाकार भएको भारतमा भारू पाँच अर्बको बिहे !

नगद हाहाकार भएको भारतमा भारू पाँच अर्बको बिहे !

पाँच सय र हजारका नोट नचल्ने भएपछि भारतमा नगदको हाहाकार छ । यही बेला अरबौं रुपैयाँ उडाएर गर्न लागिएको एउटा बिहेले धेरैको ध्यान तानेको छ ।

धनाढ्य व्यवसायी तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीकी छोरी ब्रम्हाणीको पाँच दिनसम्म चल्ने बिहेमा अनुमानित पाँच अर्ब भारु खर्च हुने भएको हो । भारु पाँच अर्बको नेपाली रूपैयाँ ८ अर्ब हुन्छ ।

महंगो निमन्त्रणापत्र र थुप्रै बलिउड कलाकारहरुको प्रस्तुति हुने चर्चाले विवाहलाई विवादित बनाइदिएको छ । समारोहस्थल बैंगलोर प्यालेसमा धेरै महिना अगाडिदेखि धुमधाम तयारी भइरहेको छ । विवाहको सेट बनाउनका लागि आठ बलिउड निर्देशकहरुलाई बोलाइएको खबर छ ।

bihe

बिहेमा गरिने खर्च प्राय नगदमै हुन्छ । सर्वसाधारणहरु नगदका लागि बैंकमा लामो लाइन बसिरहेका बेला एउटै बिहेमा पाँच अर्ब खर्च गरिनु स्वभाविक होइन । रेड्डी निकट स्रोतले भने ६ महिना अगाडि नै सबै भुक्तानी भइसकेको प्रष्टीकरण दिएको छ ।

तर, सामाजिक सञ्जाल र आम मानिसहरुले यो अति खर्चिलो बिहेको तीव्र निन्दा गरिरहेका छन् । आलोचकहरुले यसलाई धनको निर्लज्ज प्रदर्शनको संज्ञा दिइरहेका छन् । विरोधी राजनीतिकर्मीहरुले प्रश्न गरिरहेका छन् कि कालो धनविरुद्ध प्रधानमन्त्रीले चालेको कदमले धनाढ्यहरुलाई छुन्छ कि छुँदैन रु

भारतीय जनता पार्टीका पूर्व सदस्य रेड्डी भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल बसिसकेका छन् । अघिल्लो वर्ष उनी जमानतमा रिहा भएका थिए । आफूमाथि लागेका आरोपहरु रेड्डी अस्वीकार गर्छन् ।

एजेन्सीको सहयोगमा

Bihe

विशेष