News

महाअभियोग लागेका लोकमानसिंह कार्कीको घर खानतलासी गर्ने

महाअभियोग लागेका लोकमानसिंह कार्कीको घर खानतलासी गर्ने

lokman-singh-karki-nepalaaja


मंसिर २ । संसदको महाअभियोग सिफारिस समितिले अभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा उनको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने भएको छ ।

आज सिंहदरवारमा बसेको सिफारिस समितिको बैठकले खानतलासी गर्न सक्ने व्यवस्थासहित आफ्नो कार्यविधि पास गरेको छ ।

समितिलाई यो अधिकार दिने कि नदिने भन्ने लामो बहस भएको थियो । तर, अन्ततः अभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा उनको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने व्यवस्था गरिएको महाभियोग समितिका एक सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।

Lokman Sing Karki

विशेष