विदेश

मेस्सीले बार्सिलोनामै खेल जीवन सकाउने– क्लब

मेस्सीले बार्सिलोनामै खेल जीवन सकाउने– क्लब
lionel-messi-injury-return-barcelona
मंसिर–२ । फुटबलका सुपरस्टार अर्थात अर्जेन्टिनाका लियोनल मेस्सीले बार्सिलोनाबाटै खेल जीवन अन्त्य गर्ने विश्वास रहेको क्लबले जनाएको छ । मेस्सीको क्लबसँगको अहिलेको सम्झौता सन् २०१८ जुन ३० मा सकिन्छ । नयाँ सम्झौतामा पनि सहमति हुन बाँकि छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिए बार्टोमेउले मेस्सी आफ्नो खेल जीवन बार्सिलोनाबाटै टुंग्याउनेमा ढुक्क रहेको बताएका छन् । मेस्सीकै कारण पछिल्ला वर्षदेखि क्लबले सफलता पाएको बताएका छन् । जापानी खुद्रा बिक्रेता राकुटेनसँगको जर्सी व्यापार सम्बन्धी नयाँ सम्झौता घोषणाका लागि भएको कार्यक्रममा अध्यक्ष बार्टोमेउले यस्तो बताएका हुन् । मेस्सीले बार्सिलोना छोड्ने समाचार बाहिर आएपछि क्लबले यो सूचना दिएको हो । –एजेन्सी

Leion Messi

विशेष