अाेबामा वर्तमान राजनीतिप्रति असन्तुष्ट
मंसिर - १ । विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताए । अमेरिकी राष्ट्रपतिका रुपमा युरोप भ्रमणमा रहनु भएका ओबामाले बुधबार ग्रीसबाट जर्मनीका लागि छुट्नुपूर्व एथेन्समा गरेकाे सम्बोधनमा विश्वव्यापीकरणको विश्व अभियानमा केही सुधार गरेर अघि बढ्नुपर्ने बताए। हामीले देख्दा विश्वका धनी वर्ग तथा सम्पन्न निकायहरुले कर छली र कानुनका छद्म बाटाहरुलाई अवलम्बन गर्ने परिपाटी मौलाउदा समाजमा अन्यायको महसुस हुने गरेको छ र यसको अन्त्यका लागि नयाँ अभियानको आवश्यकता भएको छ, अमेरिकी राष्ट्रपति ओबामाले भने। आफ्नो युरोप भ्रमणका क्रममा राष्ट्रपति ओबामाले युरोप र अमेरिकी माटोमा सस्तो लोकप्रियताका लागि गरिने आन्दोलनले सफलता पाएजस्तो देखिएको बताए । बेलायत ईयूबाट बाहिरिने सवाल र अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको विजयलाई सङ्केत गर्दै ओबामाले भने विश्वले फरक बाटो हिँड्न लागेको अवस्थामा सतर्कताका साथ अतिराष्ट्रवाद, जातीय पहिचान वा हामी र तिनीहरु भन्ने विभाजित मानसिकतालाई नियन्त्रण गर्न पहल गर्नुपर्ने बताए। रासस÷एएफपी Barak Obama Trump