मंसिर - २ । नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवन ह्वाटहाउस छिर्ने पक्का भएसँगै बाराक ओबामाको लागि नयाँ घरको व्यस्था गरिएको छ । आठ बर्षसम्मको ह्वाइटहाउसको बसाइपछि ओबामा वासिङटन डिसिस्थित नयाँ घरमा सर्न लागेका हुन् ।

ट्रम्प ह्वाइटहाउस छिर्ने पक्का भएपछि ओबामा कस्तो घरमा बस्दै छन् भन्ने कौतुहुलता यतिबेला सबैको मनमा हुन सक्छ । ह्वाटहाउसबाट केही दुरीमा रहेको नयाँ घर क्यालोरोमो नेबरहुडमको घरमा बस्ने पक्का भएका हो ।

ओबामाकी कान्छी छोरी साशाको विद्यालयको पढाइ पूरा नभएसम्म त्यहाँ बस्ने बताइएको छ । अहिले कक्षा ९ मा पढ्दै आएकी साशाको पढाइ २०१९ मा सकिनेछ ।

जनवरी २० मा डोनल्ड ट्रम्पले सपथ ग्रहण गरेर मात्र ह्वाइट हाउसमा प्रवेश गर्ने बताइएको छ । त्यहि दिन वर्तमान राष्ट्रपति बाराक ओबामाले ट्रम्पका लागि ह्वाइट हाउस खाली गरिदिने छन् ।

करिब ८ हजार सय वर्ग फिटमा फैलिएको उक्त घरमा नौवटा बेडरुम, आठवटा जति बाथरुम, एउटा किचेन, वरपर बगैँचा र पार्किङको सुविधा छ । ग्लोबर पार्क ग्रुपका सहसंस्थापक जो लोकहार्ट र उनकी श्रीमती जिओभाना लोकहार्टको स्वामित्वमा रहेको उक्त घर उनीहरुले ५.३ मिलियन डलरमा सन् २०१४ मा किनेका थिए ।
Barak Obama
Barak Obama New House
washington DC