विदेश

शक्तिशाली भूकम्पका कारण इण्डोनेसियामा थुप्रै घरमा क्षति

शक्तिशाली भूकम्पका कारण इण्डोनेसियामा थुप्रै घरमा क्षति
earthqueakमंसिर - २ । इण्डोनेसियाको बाली र पूर्वी जाभा क्षेत्रमा बुधबार मध्यराती आएको शक्तिशाली भूकम्पका कारण दर्जनौ घरहरुमा क्षति पुगेको बताइएको छ । अहिलेसम्म झण्डै ४० घरहरुमा क्षति भएको विवरणहरु आएको इण्डोनेसियाको प्रकोप नियन्त्रण सम्वन्धी निकायले बिहीबार जनाएको छ । घटनामा परी कसैको मृत्यु भएको खवर यो समाचार तयार पार्ने समयसमम नआएको पनि सो निकायले बताएको छ । दक्षिणपूर्वी मलाङ्गलाई केन्द्र विन्दु बनाएर ६९ किलोमिटर गहिराईबाट ६.२ म्याग्नीच्युडको भूकम्प आएको राष्ट्रिय मौसम विज्ञान भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण कुनै सुनामी अउनसक्ने सम्भावना नदेखिएपनि बाली र पूर्वी जाभा क्षेत्रमा सतर्क रहन अधिकारीहरु आग्रह गरेका छन् । इण्डोनेसियाको बालीमा हरेक महिना करिव २ लाख विदेशीहरु विदा मनाउनका लागि आउने गर्दछन् । रासस÷सिन्ह्वा

Earthquake in Indonesia

विशेष