ताजा खबर News

तीन महिना देखि महशुल नतिरेका उर्जा राज्यमन्त्री पैसा बोकेर आफै पुगे बिजुली अफिस

तीन महिना देखि महशुल नतिरेका उर्जा राज्यमन्त्री पैसा बोकेर आफै पुगे बिजुली अफिस

bhagatमंसिर ३ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् । रौतहट, चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको प्रशासन कार्यालयमा बुझाएका हुन् ।

विद्युत् महसुल समयमा नबुझाएका कारण राज्यमन्त्री भगतले दुई महिनामा दुई हजार ९२ रुपैयाँ जरिवाना तिरेका छन् । ऊर्जा राज्यमन्त्री भगतले आमनागरिकसरह प्राधिकरणमा महसुल बुझाउन आएको बताए । उनले महसुल तिर्नु नागरिकको कर्तव्य भएको र आफू पनि एक नागरिक भएकाले जरिवानासहित महसुल बुझाएको बताए ।

यसैबीच, उनले रौतहटका सबै क्षेत्रमा हुकिङ हटाउन निर्देशन दिएका थिए । चेतनाको कमी र पहुँचको विषय बनाएकाले विद्युत् चुहावट अन्त्य नभएको र राज्यले त्यसमा कडाइ गरिरहेको उनले उल्लेख गरे ।

नयाँ पत्रिका

Bhagat

विशेष